आफैले बनाएको विस्फोटक परी ११ आतङ्ककारी मारिए


६ कार्तिक २०७५, मंगलवार
afagan 2

सिन्ह्वा
कलात, अफगानिस्तान, ६ कात्तिक । दक्षिण आफगानिस्तानमा आफैले बनाएको विस्फोटक पदार्थ विस्फोटमा परी कम्तीमा ११ तालिबान आतङ्ककारी मारिएका छन् ।

स्थानीय अधिकारीहरुले मङ्गलबार सो जानकारी दिएका छन् । सोमबार अबेर राती मिजान र छिमेकमा पर्ने अर्घान्दाब जिल्लामा आतङ्ककारी दुई समूहले सुरक्षा अधिकारी लक्षित यो विस्फोटक पदार्थ बोकेका थिए ।

सोही विस्फोटक पदार्थ बिस्फोटमा परी एघार जना तालिबान आतङ्ककारी मारिएका प्रान्तीय प्रहरी प्रमुख मोहमद मुस्ताफा मयारले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

तालिबान र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले सुरक्षा अधिकारीहरु लक्षित बारम्बार सडक किनारमा रहेको बम र बारुदी सुरुङ्गको हमला गर्दै आएका छन् ।

सोमबार भएको यस विस्फोटमा परी सर्वसाधारणलाई भने कुनै क्षति नभएको बताइएको छ । गत आइतबार विस्फोटक पदार्थ विस्फोटमा परी सात बालबालिकासहित ११ सर्बसाधारणको मृत्यु भएको थियो ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्घार्हार प्रान्त गुडिरहेको एक सवारी साधन विस्फोटक पदार्थ ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७