अाजकाे राशिफल : वि.सं. २०७५ साल कात्तिक ७ गते।


७ कार्तिक २०७५, बुधबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल कात्तिक ७ गते। बुधबार। इश्वी सन् २०१८ अक्टोबर २४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– पूर्णिमा, २२:१७ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– रेवती, १०:११ बजेउप्रान्त अश्विनी। योग– हर्षण, ११:१६ बजेउप्रान्त वज्र। करण– भद्रा, १०:१५ बजेदेखि वव, २२:१७ बजेउप्रान्त वालव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– मीन, १०:११ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:१० बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २८ घडी ०८ पला। पूर्णिमा। कोजाग्रत व्रत। पूर्णिमा व्रत। कार्तिकस्नान आरम्भ। आकाशदीपदान प्रारम्भ। कतिपुन्ही, योसिमतवियँगु। पञ्चक १०:११ बजे समाप्ति। रास–महोत्सव (कृष्ण प्रणामी )। संयुक्त राष्ट्रसंघ दिवस।

मेष

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला ।

बृष

भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।

कर्कट

अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

सिंह

 स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

कन्या

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला

 रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

वृश्चिक 

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु

स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मकर

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ

 महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

मीन

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमि बाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । 

२०७५ कात्तिक ४ देखि ९ गते सम्मको राशिफल

मेष : साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार नयाँ आयस्रोत थपिनेछ । सोम, मंगलबार निकै खर्चिलो रहन सक्नेछ । बुध, बृहस्पति, शुक्रबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ ।

वृष : साताको पूर्वार्ध अनुकूल रहनेछ । शनि, रविबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । सोम, मंगलबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार मुख्य काममा व्यवधान आउन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ । 

मिथुन : साता अनुकूल रहनेछ । शनि, रविबार धार्मिक काममा सफलता मिल्नेछ । सोम, मंगलबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बुध, बृहस्पति, शुक्रबार सबै प्रकारले फलिफाप रहनेछ । मन प्रसन्न हुनेछ । 

कर्कट : साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार शिथिल प्रायः रहनेछ । सोम, मंगलबार मानवतावादी र अध्यात्मवादी चिन्तन बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार कठिनाइपूर्ण तरिकाले आटेको काममा सफलता मिल्नेछ । 

सिंह : साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार सुखद यात्रा, व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । मन रमाउनेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । 

कन्या : साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । सोम, मंगलबार दाम्पत्य जीवनमा सहजता आउनेछ । मनोरञ्जन गरिनेछ । बुध, बृहस्पति, शुव्रmबार प्रतिकूल रहनेछ । 

तुला : साता सार्थक रहनेछ । शनि, रविबार निर्णय क्षमता बढ्नेछ । मनमा चिन्ता हट्नेछ । सोम, मंगलबार आटे ताकेको काम सजिलै बन्नेछ । आत्मबल बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार पारिवारिक सहयोग प्राप्त हुनेछ । सन्तानबाट सुख मिल्नेछ । 

वृश्चिक : साताको सुरु बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार दुविधात्मक रहनेछ । सोम, मंगलबार बुद्धिवर्धक काम हुनेछ । शरीर पनि स्वस्थ रहनेछ । बुध, बृहस्पति, शुक्रबार काममा विजय मिल्नेछ । दीर्घकालीन काम बन्नेछ । 

धनु : साताको सुरु अनुकूल रहनेछ । शनि, रविबार सामाजिक दायित्व थपिनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । यश, कीर्ति मिल्नेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ । चिन्ता बढ्न सक्छ । 

मकर : साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार बोलीवचनमा प्रभाव बढ्नेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । सोम, मंगलबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । बुध, बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ । 

कुम्भ : साता सार्थक रहनेछ । शनि, रविबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । उपयुक्त अवसर मिल्नेछ । सोम, मंगलबार धनधान्य र मधुर वाणीले परिपूर्ण गराउनेछ । बुध, बृहस्पति, शुक्रबार व्यस्तता बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

मीन : साताको मध्य भाग अनुकूल रहनेछ । शनि, रविबार खर्चिलो रहन सक्नेछ । सोम, मंगलबार साताकै उत्कृष्ट, महत्वपूर्ण र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । बौद्धिकताको कदर हुनेछ । बुध, बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७