डिआइजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


७ कार्तिक २०७५, बुधबार

काठमाडौं, ७ कातिक । प्रहरी प्रधान कार्यालय नक्सालले डिआइजीको सरुवा गरेको छ । एसएसपीबाट केही समय अगाडि बढुवा भएका डिआइजीको सरूवा तथा पदस्थापना भएको हो ।

nepal police

डिआइजी हरिबहादुर पाललाई प्रदेश नम्बर–२ को प्रमुख बनाएर पठाइएको छ । यसअघि प्रेदश दुई प्रमुखमा डिआइजी दिनेश अमात्य थिए ।

केन्द्रीय अनुसन्धान व्यूरोमा डिआइजी निरजबहादुर शाहीलाई ल्याइएको छ । यसअघि डिआइजी नारायणसिंह खड्काले व्यूरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा डिआइजी शैलेश थापा क्षेत्रीलाई सरूवा गरेको छ । डिआइजी मनोज न्यौपाने यसअघि महानगरीय कार्यालको प्रमुख थिए । डिआइजी प्रधुम्न कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गरिएको छ ।

हेर्नुस् यस्तो छ सूची

1 1
2
3
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७