ओली सरकारका मन्त्रीहरु फेरिने, कसको ठाउँमा को आउँदै ?


७ कार्तिक २०७५, बुधबार
oli sarkar latest 1

काठमाडौं, ७ कातिक । नागरिकको चाहना अनुसार वर्तमान ओली सरकारका मन्त्रीहरुको सक्रियता र चुस्तपन नदेखिएपछि जनतामा निरासा बढिरहेको छ ।

oli sarkar latest 1

दुई तिहाइको कम्युनिष्ट सरकारले पनि नागरिकको सामान्य अपेक्षा पूरा गर्न नसकिरहेको जनगुनासो बढिरहेका बेला ओली सरकारभित्र मन्त्री परिवर्तनको कसरत शुरु भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् ।

उनले केपी ओलीकै नेतृत्वमा केहि मन्त्रीहरु अदल–बदल र केहि नयाँ समेत आउने सक्ने बताएका छन् । उनले भने, ‘अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैनन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘सरकारको काममा प्रभावकारिता भएन् । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ ।

अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं । अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’

यद्धपी उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे । पौडेलले भने,‘अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पूनर्गठन हुन्छ । तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन ।

आवश्यक पर्यो भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’ ने र ईन्टु लगाउने बेला भएको छैन् । सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन् ।

तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन । आवश्यक पर्यो भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’  सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन् ।

तर, अहिले सरकारका बारेमा भैरहेका आलोचनाहरु मननयोग्य छन् । हामी अब समिक्षा गर्छौं । यसको मतलव यो होईन की, हिजो चकाचक थियो, यो सरकार आएपछि सबै बर्वाद भयो भन्ने अवस्था अहिले छैन् । कामहरु अब विस्तारै अघि बढ्छन् ।’

यता, प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले भने मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै यसबारे पार्टीले समिक्षा गर्ने विषय भएको प्रतिक्रिया दिए ।

उनले भने,‘दशैंपछि मन्त्रिहरु फेरिने भनेर मिडियामा बाहिर चर्चा भएका छन् । तर, यस सम्बन्धमा मैले बोल्नु हुँदैन् । यो त पार्टीले समिक्षा गर्ने विषय हो ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै काम गर्ने शैली बदल्न निर्देशन दिंदै आएका थिए । 

यस कुराले पनि मन्त्री परिवर्तनको कुरालाई बल दिएको छ । तर, कसको ठाउँमा को मन्त्री बनेर आउने छन् भन्ने कुरा भन्ने अहिलेसम्म चर्चाको विषय बनिसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७