सेवाग्राहीलाई वाइफाइ र नयाँ कुर्सी


७ कार्तिक २०७५, बुधबार
mobile nepali

चितवन,७ कार्तिक । नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् ।

कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ ।

नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘कुरेर बस्ने सेवाग्राही दिक्क नहुन् भनेर फ्रि राउटरको वाइफाइ राखेका छौं ।’

उनका अनुसार, सेवाग्राही बस्नका लागि टिकाउ र राम्रा कुर्सी पनि छन् ।   यो समाचार कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७