सशस्त्रमा डीआइजी बढुवा सिफारिस, आइजीपीको षडयन्त्र असफल


७ कार्तिक २०७५, बुधबार
APF

काठमाडौं, ७ कात्तिक  । सशस्त्र प्रहरी बलमा पदरिक्त भएको ९ महिनापछि डीआइजी बढुवा सिफारिस भएको छ । मंगलबार सशस्त्रका ५ एसएसपी डीआइजी बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिले सशस्त्रका एसएपीहरु प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, सिपी गौतम र गोविन्द क्षेत्रीलाई डिआईजीमा बढुवा सिफारिस गरेको हो ।


सशस्त्रका आइजीपी शैलेन्द्र खनालले विवादास्पद एसएसपी नारायणदत्त पौडेललाई बढुवामा अगाडि ल्याउन ९ महिनादेखि अनेक तिकडम गर्दै बढुवा रोक्दैआएका थिए ।

तर बढुवा समितिका अध्यक्ष गृहमन्त्रालयका सचिव प्रेम राई बरिष्ठताका आधारमा बढुवा गर्ने अडानबाट टसमस नभएपछि आइजीपी खनालको तिकडम असफल भएको छ ।

गृहमन्त्री रामबहादुर थापासमेत बरिष्ठताकै आधारमा बढुवा गर्ने पक्षमा रहेपछि खनालको प्रयास असफल भएको थियो ।

आफू बरिष्ठताकै आधारमा एआइजी र आइजीपी भएका खनालले गत माघदेखि बढुवा रोकी कनिष्ट एसएसपी नारायणदत्त पौडेललाई अगाडि ल्याउने षडयन्त्र गर्दै बढुवा रोक्दैआएका थिए ।

बढुवामा अघिल्लो व्याचबाट एसएसपीहरु प्रजाभक्त र रामप्रकाश श्रेष्ठ क्रमसः एक र दुई नम्बरमा नयाँ व्याचबाट एसएपी अर्याल एक नम्बरमा बढुवा सिफारिस भएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले नयाँ व्याचबाट पौडेललाई एक नम्बरमा ल्याउन ९ महिनादेखि बढुवा रोक्दैआएका थिए । उनले त्यसका लागि पौडेललाई यो बर्षको तक्मा समेत सिफारिस गरेका थिए ।

एसएसपी पौडेलले निलबाराही गणमा गणपति हुँदा इन्धनको रकम खान जंगलमा दाउरा काट्न पठाउँदा सिपाहीको मृत्यु भएको थियो । ककनी तालिम केन्द्रमा गशुणस्तरहीन रासन खुवाएकोमा छानबिन समिति नै बनेको थियो ।

समितिले उनलाई कारबाहीको सिफारिस गरेको थियो । तर वर्तमान आइजीपीले नै कारबाही गर्नबाट रोकेका थिए । त्यस्तै पौडेललाई पकली गणमा हुँदा नसिहत दिइएको थियो । यस्ता विवादास्पद एसएसपीलाई नयाँ ब्याचमा एक नम्बरमा पार्न खनाल लागेका भए पनि गृहमन्त्री र सचिवका कारण उनी असफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७