विहेको ११ दिनमै नायिका थापाको दुर्घटनामा मृत्यु, श्रीमान सख्त घाइते


७ कार्तिक २०७५, बुधबार

पाल्पा, ७ कातिक । बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ । उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् ।

विहेको दुलान फर्काएर घर फिर्ने क्रममा दुर्घटनामा परी उनको ज्यान गएको हो ।
मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गरेकी छन् भने पाल्पाका विभिन्न एफएम रेडियोमा समेत प्रस्तोतामा रुपमा काम गर्थिन् ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू चढेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरका जीपले ठक्कर दिएको थियो ।

घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । उनको अवस्था समेत गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उनीहरुको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष समेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७