कहिले आउँछ हामीमा चाँहि लोकतन्त्र ?


७ कार्तिक २०७५, बुधबार
samir nepal 2

-समीर नेपाल

मैले सानैदेखि आजका दिनसम्म बुझेको दशैं रमाइलो गर्ने महान चाड हो हामी नेपालीका लागि । दशैमा पिङ खेल्ने, मिठो मसिनो खाने, साथीहरूसँग घुमफिर गर्ने, नौंरथामा मन्दिर जाने जस्ता काम यस बेलामा गरिन्छ ।

मैले सानैदेखि आजका दिनसम्म बुझेको दशैं रमाइलो गर्ने महान चाड हो हामी नेपालीका लागि । दशैमा पिङ खेल्ने, मिठो मसिनो खाने, साथीहरूसँग घुमफिर गर्ने, नौंरथामा मन्दिर जाने जस्ता काम यस बेलामा गरिन्छ ।

यसर्थ यसपटकको अष्टमीमा साथीहरूसँगै घुम्न हिंडियो विहानै शहर भन्दा अलिक पर । बेलुकी मन्दिरतिर जाने कुरा भयो । सबैको सहमतिपछि मेरो के लाग्ने भो र ! शुरू गरियो भद्रकालीबाट मन्दिर यात्रा ।

भद्रकालीमा दर्शनार्थीको भिड थियो । यत्रतत्र प्रहरी तैनाथ थिए, सरकारी मान्छे पनि टन्नै थिए । आज अष्टमी राष्ट्रपतिको मन्दिर यात्रा होला शक्तिपिठहरूमा भन्दै हामी त्यहाँबाट लाग्यौ संकटातर्फ । संकटामा मुल भगवतीको थान एकतल्ला माथि छ । दर्शनार्थी एकतल्ला माथि जानु पर्छ दर्शनार्थ । तर सुरक्षा निकायले माथि जान बन्द गरेको रहेछ ।

त्यहाँ डिवेट भईरहेको थियो । भगवान राष्ट्रपतिको मात्र हो हाम्रो चाँहि होइन ? भगवान त सबैका लागि बराबर होला । अनि मान्छे आउने कता–कता कहिले कहिले यता चाँहि अहिलेदेखि नै भगवानको दर्शन गर्न बन्द गर्नु हुन्छ तपाईंहरू ? तपाईहरूलाई त समयमा नै जानकारी भईहाल्छ नि कहाँ आइपुग्नु भो भनेर १५ मिनट अगाडि रोक्नुस न सर्वसाधारणलाई ।

यस्तै नचाँहिदो काम गर्नुहुन्छ र त जनता रिसाउँछन् ठूला मान्छेदेखि । होइन राजाको पालामा पनि यति सारो चाँहि हुन्नथ्यो है मन्दिरहरूमा । दर्शनार्थीको आवाज थियो । खै हजुर हामीले गरेको होइन हामीलाई त आदेश नै यस्तै छ । सुरक्षाकर्मीको जवाफ थियो । यो गलफतीमा न अल्मल्लिकन हामी अगाडि बढ्यौं । महाँकाल पुग्दा भीआइपीको सुरक्षार्थ आगमन पहिले प्रयोग गरिने जनावरसहित टोली तैनाथ थियो ।

यता भगवानको दर्शन पनि सहज ढङ्गबाट चलिरहेको थियो । दर्शनार्थीको भिडमा पसेर बाहिर निस्केपछि अब घरतर्फ लाग्ने निधो गरियो । त्यहाँबाट रत्नपार्क आएर बस चडियो घर जानको लागि । बाटोमा पर्दथ्यो राष्ट्रपति भवन । त्यहाँ त बाहिर सडकमा सवारी चलाउनेहरू तयारी अवस्थामा थिए । यो देखेर म छक्क परे ।

राष्ट्रपतिको सवारी निस्केको छैन यहाँबाट निस्केपछि पनि नक्साल भगवती, मैतीदेवी, भद्रकाली हुँदै संकटा पुग्ने हो तर, त्यहाँ त सर्वसाधारणलाई अघि नै दर्शनको कार्यक्रम रोकिसकियो । चेनअफ कमाण्डमा चल्ने हाम्रो सुरक्षा निकायको माथिल्लो कमाण्ड को रहेछ जसले राष्ट्रपति निवासबाट निस्कनु अगावै सर्वसाधारणको बाटो बन्द गराउँछ ।

हामीले राजाका कारण नेपाली जनताले धेरै दुःख पाए भनेर राजा चाहेनौं । राजालाई राजगद्दीबाट हटायौं । तर तिनै राजाले प्रयोग गरेका सबै काम कार्बाही तिनले चलाइरहेका रीतिथितिहरूलाई चाँहि परम्पराका रूपमा अंगाली रह्यौं ।

त्यसमा कुनै परिवर्तन गर्न वा हटाउन चाहेनौं । संघीय र प्रादेशिक निर्वाचनका समयमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक भएर निर्वाचनमा जाने भएपछि पेशागत जिल्ला कमिटीले पनि यस क्षेत्रको कामलाई एकीकृत ढङ्गबाट अगाडि लैजाने हिसावले संयुक्त कार्यक्रमका लागि बैठक राख्यौं ।

म पार्टी केन्द्रको बैठकमा थिए । त्यहींबाट बागबजार आउनु पर्ने भयो तुरुन्तै । ट्याक्सी लिएर बागबजार हिडेको नक्सालमा जाममा परें । मेरो पछि–पछि एम्बुलेन्स थियो सायद त्यो पनि जाममा नै परेको थियो साइरनबाट थाहा भयो । मैले ड्राइभरलाई सोधे के को जाम हो भाइ ? उसले भन्यो राष्ट्रपतिको सवारी हो हजुर ।

यसैले यो जाम भएको हो हजुर । मैले राष्ट्रपति कार्यालयमा साथीलाई फोन गरें राष्ट्रपतिको कतैको केहि कार्यक्रम हो भनेर । हो रहेछ उताबाट जानकारी भयो । तर राष्ट्रपति निस्कनु भएकै छैन शितलनिवासबाट । यता सडक भने पुरै जाममा परिसक्यो । मैले पछाडि कराइरहेको एम्बुलेन्सलाई सम्झे त्यसमा भएको विमारी कथंकदाचित केही भइहाल्यो भने त्यसको जिम्मेवार को हुने होला ?

देशको कार्यकारी प्रधानमन्त्री वा आलंकारिक राष्ट्रपति वा यो सबैमा आदेश दिने त्यो अदृष्य शक्ति । म मन–मनमा यी कुराहरूको तर्कनामा रहे तर पनि मैले यी यावत कुराहरू अझसम्म बुझ्न सकिनँ । खै किन हो यो कुरा खोज्न पनि चाहिनँ । बरू मन–मनै आफैले आफैलाइ प्रश्न गरें देशमा लोकतन्त्र त आयो तर, खै कहिले आउँछ होला हामीमा चाँहि लोकतन्त्र ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७