आलियाकी आमा अभिनेत्री सोनी राजदानमाथि पनि यौन दुर्व्यवहार भएकाे खुलासा


७ कार्तिक २०७५, बुधबार
Alia Bhatts Mother And Raazi Co Star Soni Razdan

काठमाडौं, ७ कार्तिक (एजेन्सी) । ‘मी–टू’ अभियान विश्वव्यापी बन्दै गएको छ । यौन हिंसाका विरुद्ध विश्वभरबाट एकपछि अर्को खुलासा भइरहेको छ । आफूमाथि भएका यौन दुव्र्यवहार र हिंसाविरुद्ध मौनता तोड्दै सामाजिक सञ्जालमा बोल्दै आइरहेका छन् ।

यसैबेला बलिउड अभिनेत्री आलिया भट्टकी आमा तथा अभिनेत्री सोनी राजदानले आफूमाथि पनि यौन दुर्व्यवहार भएको खुलासा गरेकी छन् । आफूमाथि यौन दुर्व्यवहार भएको बताएपनि यौन दुर्व्यवहार गर्ने व्यक्तिको नाम भने उनले सार्वजनिक गरेकी छैनन् ।

उनले अनुसार एक फिल्मको शुटिङका क्रममा कसैले उनको बलात्कार गर्ने कोशिश गरेको बताएकी छिन् । सोनीले एक न्युज वेबसाइटलाई दिएको एक अन्तर्वातामा उक्त खुलासा गरेकी हुन् । ‘म चुप बसेँ। किनभने म उसको परिवारलाई चिन्थेँ र म उनको परिवार समस्यामा परेको देख्न चाहन्न थिएँ । उनका दुई जना साना बच्चा थिए,’ सोनीले भनेकी छन्।

उनले आफूले काम पाउनै लागि यौन दुर्व्यवहारको सिकार हुनु नपरेको पनि बताइन् । यद्यपी काम गर्ने समयमा भने उनले पनि यौन दुर्व्यवहारको सामना गर्नु परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७