पोर्नस्टार बन्छु भन्ने अर्चनाबारे नयाँ खुलासा


७ कार्तिक २०७५, बुधबार
Archana paneru अर्चना पनेरू

काठमाडौं, ७ कार्तिक । पोर्न फिल्म खेल्छु भने चर्चा आएकी अर्चना पनेरूबारे नयाँ चर्चा चलेको छ । भारतीय चर्चित रियालिटी शो बिग बोसको चालु संस्करणमा प्रवेशको हल्लासँगै उनको चर्चा चलेको हो ।

आजकल मुम्बई बस्दै आएकी बिग बोसमा प्रवेश पाउन अर्चनाले मुम्बइमा कसरत गरिरहेकी छिन । सुरुवातमा नै प्रवेश पाउन खोजिए पनि उनले पहल गर्दासम्म प्रतियोगी छनौटको समय सकिएकोले पाउन सकिनन् । अहिले उनले ‘वाईल्ड कार्ड’ ईन्ट्रीको माध्यमबाट प्रवेश दिन निर्मातासंग पहल गरिरहेकी उनका जानकार बताउछन् ।


भारतमा समेत नेपाली शनि लियोनी भनेर चिनिने अर्चनालाई लिने या नलिने विषयमा भने केही आधिकारिक कुरा बिग बोसबाट सार्वजनिक भएको छैन ।

उनी सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयो पोष्ट गर्न थालेपछि चर्चामा आएकी थिईन । छेस्को र जिष्म चलचित्रमा अभिनय गरे पनि फिल्मी करिअर बनाउन नसकेकीपछि पछिल्ला समय राजधानीका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिईन ।


नेपालबाट हालसम्म एकजना महिला मात्रै बिग बोसमा सहभागी भएकी छिन । हाल जेल जीवन बिताई रहेका कुख्यात अपराधी चार्ल्स शोभराजसंग बिहे गरेर चर्चा बटुलेकी निहिता विश्वास बिग बोसको सिजन ५ मा प्रवेश गरेकी थिईन ।

यद्दपी उनको प्रदर्शन भने खासै रहेन । उनी छोटो समयमा नै आउट भएकी थिईन । बिग बोसको यो सिजन जोडी विरुद्ध सिंगलको थिममा शुरु भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७