छमछमी नाचिन् मेलिना राई, ल्याइन् नयाँ गीत (भिडियोसहित)


८ कार्तिक २०७५, बिहीबार
melina rai मेलिना राईले नाचिन् छमछमी ल्याइन् नयाँ गीत भिडियोसहित 1

काठमाडौं, ८ कार्तिक । अहिलेका चर्चित गायिका मेलिना राई मोडलिङ् पनि गर्न थालेकी छिन् । उनले आफनै नयाँ गीत सार्वजनिक गर्दे भिडियोमा अभिनय समेत गरेकी हुन् ।

उनले आफनै युुटुब च्यानल मार्फत बिहिबार ‘बैसै बैर्इमानी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । यसअघि लिप सङमा मात्र अभिनयमा गर्दे आएकी उनले यो गीतको पुरै भिडियोमा अभिनयसँगै छमछमी नाचेकी छिन् ।


उनले आफनो फेसबुकमा पहिलो पटक दर्शकहरु माझ जानीनजानी नाचेको बताएकी छिन् । उनले भनेकी छिन्,‘तपाईहरु माझ जानी नजानी नाच्ने प्रयास गरेकी छु । कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।’

गायिका राईले फिचरिङ र स्वर दिएको  गीतमा राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ।  भने कोरियाग्राफी राजिब समरले गरेका छन् ।


अर्जुन तिवारी छायाँकन गरेको यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७