नेपाली दूतावासले जापानमा प्रभावकारी भूमिका खेल्न नसकेको पौडेलकाे आरोप, दिए सुझाव


८ कार्तिक २०७५, बिहीबार
Pradeep paudel जापानमा नेपाली दूतावासले प्रभावकारी भूमिका खेल्न सकेन

टोकियो, ८ कार्तिक । निजी भ्रमणको लागी जापान आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली राजदूतावास टोकियोले जापानी पर्यटक नेपाल भित्र्याउन प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । 

नेपाल पत्रकार महासंघ जापानले टोकियोमा बिहिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएको हो । 

कार्यक्रममा बोल्दै नेता पौडेलले नेपालमा जापानको विकास, प्रबिधी र जापानी पर्यटक भित्र्याउन सके नेपालको विकास र समृद्धि हुने बताउदै यसको लागी जापानवासी नेपाली र सरकारीस्तर दूतावासबाट जती प्रभाकरी भूमिका खेल्नु पर्ने थियो त्यो नभएको जस्तो देखियो त्यसैले दूतावासबाट जापानको विकास ,कूटनीतिक सम्बन्ध सुधार गरेर जानु पर्ने सुझाव दिए ।

नेपालको अन्तराष्ट्रीय नीति स्पष्ट नभएकोले नेपालमा विदेशीहरूले स्वार्थ अनुसार काम गरिरहेको बताउदै भारत,चीन र अन्य मुलुकलाई नेपालले हेर्ने दृष्टिकोण स्पष्ट बनाउन ज़रूरी रहेको बताए । 

दूतावासले कूटनीतिक मात्र हैन जापानको बिकास,प्रबिधि नेपाल लान प्रभावकारी भूमिका खेल्न सक्नु पर्ने धारणा राखे ।

जापानको प्रबिधि ,बिकास अनुकरण गर्न सके नेपालको केहि हदसम्म माथी उठने बताउनु भयों । महासंघको अध्यक्ष मोहन घलेको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रम सचिव ऋतुकुमार दुराले संचालन गरी सम्पन्न भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७