अर्काको गोप्य डाटा बेचेको भन्दै फेसबुकलाई ८ करोड जरिवाना


९ कार्तिक २०७५, शुक्रबार
facebook

काठमाडौं, ९ कात्तिक । प्रयोगकर्ताको गोप्य डाटाको बेचेको आरोपमा सामाजिक सञ्जाल फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना गरिएको छ ।

facebook

बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुकमाथि यस्तो जरिवाना सुनाएको हो । कार्यालयले आफूलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना गर्न पाउने प्रावधान छ ।

यो वर्षको शुरुवातदेखि नै चर्चामा रहेको क्याम्ब्रिज एनालिटिका डाटा काण्डको सन्दर्भमा फेसबुकमाथि यस्तो सजाय भएको हो । कार्यालयका अनुसार सन् २००७ देखि २०१४ सम्म फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत जानकारीहरु अनधिकृत रुपमा संश्लेषण गरी एप डेभलपरहरुलाई त्यस्ता डाटासम्म पहुँच दिएको थियो ।

फेसबुकले डाटा प्रयोगकर्ताको डाटा प्रोसेसिङ्ग गर्नुअघि, प्रोसेसिङ्ग गर्ने बेला तथा तत् पश्चात् पनि प्रयोगकर्ताको गोपनियताको पर्याप्त मात्रामा संरक्षण गर्न नसकेको सूचना आयुक्त इलिजाबेथ डेनह्यामले बताइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७