ट्वीटरको सेयर मजबुत, अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा


९ कार्तिक २०७५, शुक्रबार
twitter hack

 एएफपी

वासिङ्टन, ८ असोज । सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ ।

ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अरब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ । गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो । यस बर्ष ट्वीटरले २९ प्रतिशत बढी राजस्व जम्मा गरी सात अर्ब ५८ करोड अमेरिकी डलर उठाउन सफल भएको छ ।

ट्वीटरले गरेको नाफासँगै यसको सेयर ‘प्रि मार्केट ट्रेड’ मा १२ प्रतिशतले बढेको छ । ट्वीटर प्रयोगकर्ताको सङ्ख्या बजारमा कमी देखिएको अवस्थामा ट्वीटरले पाएको आर्थिक सफलतालाई अर्थपूर्ण मानिएको छ ।

ट्वीटरका औषत सक्रिय प्रयोगकर्ताको सङ्ख्या पहिलो त्रैमासिकमा ३३ करोड ५० लाखबाट घटेर पछिल्ला तीन महिनामा औषत ३२ करोड ६० लाख बनेको बताइएको छ । कम्पनीले प्रयोगकर्ताको कमी हुनुमा नक्कली र अनाधिकारिक सदस्यहरूमाथिको छानविन तथा कार्बाहीको प्रयास भएको जनाएको छ ।

यूरोपेली यूनियनमा हालै लागू गरिएको गोपनीयतासम्बन्धि कानूनका कारण पनि सदस्य सङ्ख्यामा प्रभाव परेको ट्वीटर कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७