विष्ट र भट्टलाई बर्खास्त मात्रै होइन, तत्काल पक्रिनु पर्छ : डा. भट्टराई


९ कार्तिक २०७५, शुक्रबार
baburam Bhattrai 1

काठमाडौं, ९ कात्तिक । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

baburam Bhattrai 1

गृह मन्त्रालयले बिहीबार कञ्चनपु्रका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाको लागि योग्य रहने गरी गरेको ‘बर्खास्ती’ प्रति असन्तुष्टि जनाउँदै उनले सरकारले उनीहरुलाई कार्वाही गरेको वहानामा निर्मला हत्याको घटनाबाट पन्छिने मनशायमा रहेको आरोप लगाएका छन् ।

‘बलात्कार–हत्या जस्तो जघन्य अपराधको प्रमाण जानीबुझी नष्ट गर्नु झन् ठूलो अपराध हैन ? त्यसको अर्थ ती प्रहरीलाई अपराधी को हो भन्ने थाहा छ भन्ने प्रष्ट हुन्न र ? पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रश्न गरेका छन्, ‘त्यसवापत तिनलाई पक्रेर वास्तविक अपराधी पत्ता लगाउनु पर्दैन ?’

उनले घटनामा जोडिएकी भनिएकी रोशनी बम र बबिता बमलाई गम्भीर केरकार र अनुसन्धान नगरी छाडा छाड्ने काम भएको पनि आरोप लगाएका छन् । पन्त १० साउनमा बम दिदी बहिनीकै घरमा गएको बखत सो घटना घट्न पुगेको थियो ।

यो काण्डमा शक्तिशालीहरू मुछिएका र सरकारी संयन्त्र अपराधीलाई जोगाउन लागिपरेको आरोप लगाउँदै भट्टराईले निर्मलालाई न्यायको निम्ति आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७