फारम भर्ने समयावधि पुनः थप
काठमाडौं, ९ कात्तिक । त्रिविले ४४ औं दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ ।
त्रिविले अनलाइनको फारमा भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो ।
विजयदशमीको लामो बिदाका कारणले गर्दा उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ ।
त्रिविले दशैं बिदालाई दृष्टिगत गर्दै २०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरिएको छ ।