पाकिस्तानमा भारतीय चलचित्र र च्यानललाई प्रतिबन्ध


११ कार्तिक २०७५, आईतवार
indian television banned pakistan 20181028014713

काठमाडौं, ११ कात्तिक । पाकिस्तानको सर्वोच्च अदालतले शनिबार भारतीय चलचित्र र टेलिभिजनलाई प्रतिबन्ध लगाएको छ ।

indian television banned pakistan 20181028014713

लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलाई फेरि ब्यूँत्याएको हो ।

मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउनेसम्बन्धी एक रिटमा आफ्नो आदेश दिएका हुन् ।

उनले भारतीय कार्यक्रम प्रसारण बन्द गर्ने आदेश दिँदै भनेका छन्, ’उनीहरू हाम्रो संविधानको उल्लंघन गर्न र गराउन चाहन्छन् । के हामी उनीहरूका टिभी च्यानलमा प्रतिबन्धसम्म लगाउन सक्दैनौँ ?’

रिपोर्ट अनुसार न्यायाधीशले सम्बन्धित अधिकारीहरूले केबल पाकिस्तानको संविधानले मञ्जुर दिने सामाग्री मात्रै प्रसारण गर्न पनि भनेका छन् । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले सन् २०१६ मा स्थानीय टिभी र एफएम रेडियो च्याननलमा भारतीय कार्यक्रमको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाउने आदेश दिएको थियो ।

यस आदेशलाई भारतीय मनोरञ्जन उद्योगद्वारा पाकिस्तानी कार्यक्रम र कलाकारमाथि प्रतिबन्ध लगाउने आदेशको जवाफका रूपमा लिइएको थियो ।

त्यसपछि सन् २०१७ मा लाहौर उच्च न्यायालयले पेम्राद्वारा लगाएको प्रतिबन्धलाई अर्थहीन र निर्थक बताउँदै हटाइदिएको थियो । उच्च न्यायालयका अनुसार केन्द्र सरकारलाई यस मामिलामा कुनै आपत्ति थिएन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७