बैंकभित्रबाटै लुटियो ग्राहकको १७ लाख, सुरक्षा गार्ड हेरेको हेर्‍यै


११ कार्तिक २०७५, आईतवार
lutipat 1

झापा, ११ कात्तिक । झापाको बिर्तामोडस्थित एनएमबी बैकको शाखाभित्रैबाट एक व्यक्ति नाटकीय रुपमा लुटिएका छन् ।

lutipat 1

आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो । झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउण्टरअघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्याक्तिले उनको रकम भएको झोला बोकेर भागेका थिए ।

बैंकका सुरक्षा गार्ड समेत कमजोर स्वभावका भएकाले लुट्ने व्यक्ति भाग्न सफल भएको पाइएको प्रहरीले बताएको छ ।

घटना मध्यान्ह १२ बजेर १७ मिनेटमाा भएको बताइएको छ । रकम लुटेर भाग्नेको सिसी क्यामेरा फुटेजबाट पहिचान खुलेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७