आशीर्वाद माग्दै दीपिका–रणवीर जोडी


११ कार्तिक २०७५, आईतवार

काठमाडौं, ११  कार्तिक (एजेन्सी) । बिवाहको तयारीमा रहेका दीपिका पादुकोण तथा रणवीर सिंहले आफ्ना प्रशंसकहरूलाई सरप्राइज दिँदै आफ्नो विवाहको डेट फाइनल गरेका छन् । उनीहरूले अर्को महिना अर्थात् १४ नोभेम्बरमा विवाह बन्धनमा बाँधिने पक्का गरेका हुन् ।

विगत केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले गत आइतबार आ–आफ्नो सामाजिक सन्जालमा विवाहको कार्डसमेत सेयर गरेका छन् ।

उक्त कार्डमा भनिएको छ, ‘हामीहरूले परिवारको आशीर्वाद लिँदै आगामी १४–१५ मा विवाह गर्ने कुरा तय भएको छ । यतिका वर्ष तपाईंहरूले माया र साथ दिनुभएकोमा हामी एकदमै आभारी छौं ।’

सेतो रंगको विवाहको उक्त कार्डमा उनीहरूले भनेका छन्, ‘आगामी यात्रामा तपाईंहरूको आशीर्वादको कामना गर्छौं ।’

यद्यपि त्यसमा विवाह कुन स्थानमा हुनेछ भन्ने कुरा उल्लेख गरिएको छैन तर भारतीय मिडियाको अनुमानअनुसार उनीहरूको विवाह विदेशमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७