प्रदेश २ ले ल्यायो ‘हेलो सिएम’ एप


११ कार्तिक २०७५, आईतवार
Provition 2 apps

जनकपुरधाम, ११ कार्तिक । प्रदेशमा बढ्दै गएको अपराध नियन्त्रण गर्न प्रदेश न‌.२ को सरकारले ‘हेलो सिएम’ एप सार्वजनिक गरेको छ ।

आइतबार जनकपुरमा प्रदेश प्रहरी कार्यालयको समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘हेलो सिएम’ एप सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री राउतले बढ्दै गएको महिला हिंसा तथा अन्य अपराध कम गर्नका लागि यो एपले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले सिएम एपको बारेमा ग्रामीण स्तरसम्म जानकारी गराउने गरी सचेतनामुलक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिने बताए ।

‘हेलो सिएम’ एप प्रयोग गरी सर्वसाधारणले आफूसँग भएको कुनै पनि अपराधिक घटनाको जानकारी सोझैं नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सक्ने सुविधा रहेको छ ।

यो एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गरेपछि सिएम एपलाई अन गरेर आफ्नो मोबाइल तीनपटक हलाएपछि नजिकको प्रहरी कार्यालयमा इमर्जेन्सी कल बनेर पुग्ने र त्यसमा पीडितको लोकेशन समेत देखाउने व्यवस्था रहेको एपका निर्माता इन्जिनियर आदित्य राजले जानकारी गराए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७