गायिका बविना किरातीको स्वरमा ‘शुन्य भाछ’ सार्वजनिक (भिडियोसहित)


१३ कार्तिक २०७५, मंगलवार
babina kirati

काठमाडौँ, १३ कार्तिक । गायिका बविना किरातीको स्वरमा नयाँ गीत ‘शुन्य भाछ ’ सार्वजनिक भएको छ ।

संगीतकार डि आर अटुको संगीत तथा गीतकार सुरेन्द्र कार्की शब्द सिर्जनामा रहेको ‘शुन्य भाछ ’ बोलको गीतको भिडियो बजारमा आएको हो ।

युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । परदेशमा गएका आफना प्रियतमको सम्झनामा मन भित्र चलेको विरहका भावहरुलाई गीतमा समेटेको गायिकाले बताइन । गीतमा राजु कार्किको एरेन्ज रहेको छ ।

विकास मगरको छायाँकन , विनोद बमको सम्पादन , विजय कुमार बमको निर्देशन भिडियोमा रहेको छ । ‘शुन्य भाछ ’ गीतको भिडियोमा विजय , दिपा र सन्ध्याको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७