बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण


१३ कार्तिक २०७५, मंगलवार
budigandaki 1

गोरखा, १३ कात्तिक । गोरखा र धादिङको सीमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरी चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ ।

budigandaki 1

आयोजनाका मुआब्जा वितरण तथा पुनर्वास तथा पुनस्र्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागेको हो ।

आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए ।

उनले आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने बताए । ‘डिपिआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु हुन्छ’, उनले भने ।

प्रमुख कार्कीले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटारसम्मको १०० किलोमिटर सडकको डिपिआर बनाइएको जानकारी दिए ।

त्यस्तै धादिङतर्फ पनि चालु आवमा १०० किलोमिटर सडकको ट्रयाक खोल्ने तयारी रहेको उनले बताए । उनका अनुसार अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डिपिआर बनाउन बाँकी छ । सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले १२ करोड छुट्याएको छ ।

दुवै जिल्लामा ६-६ करोड खर्चेर ट्रयाक निर्माण अघि बढाउन लागिएको हो । बूढीगण्डकी आयोजनाको जलाशय करीब ५४ किमी फराकिलो हुनेछ । आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७