९६ वर्षीया वृद्धाले ल्याइन् १०० अंकको परीक्षामा ९८ अंक


१५ कार्तिक २०७५, बिहीबार
Karthyayani Amma kerala education 20181031161059

काठमाडौं, १५ कातिक । पढाइका लागि उमेर वाधक बन्दैन । इच्छाशक्ति र लगनशिलता भयो भने प्रौढ उमेरमा पढ्न लेख्न मात्र होइन अब्बलता देखाउन पनि सकिन्छ भन्ने कुरा भारतकी एक प्रौढ महिलाले पुष्टि गरेर देखाएकी छन् ।

Karthyayani Amma kerala education 20181031161059
तस्विर : सामाजिक सञ्जाल

भारतको केरल राज्यमा ९६ वर्षीया एक महिलाले साक्षरता परीक्षामा १०० मा ९८ अंक ल्याएर रोचक कीर्तिमान रचेकी छन् । केरल सरकारले ‘अक्षरालक्ष्यम’ साक्षरता अभियान चलाइरहेका बेला वृद्धाको यो सफलता प्रेरणादायी भएको छ ।

कर्त्यायनीअम्मा यस साक्षरता परीक्षामा सामेल हुने सबैभन्दा वृद्धा पनि हुन् । परीक्षा दिंदै गरेकी कर्तयायनीको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतीय अनलाइन द हिन्दुका अनुसार कर्त्यायनी १० अगस्ट पुरै राज्यभर भएको यस परीक्षामा सहभागी भएकी थिइन् ।

हालै मात्र यसको नतिजा बाहिरिएको छ । यसमा ४३,३३० परीक्षार्थी सहभागी थिए । जसमा ९९.०८ प्रतिशत अर्थात् ४२९३३ पास भए। कर्त्यायनीलाई यही बिहीबार त्यहाँका मुख्यमन्त्री पिनराई विजयनले सम्मान गर्दैछन् ।

गणित र बाचनमा पुरै अंक
परीक्षा तीन वर्गमा हुने गरेको छ । यसमा लेखन, बाचन र गणित सामेल छन् । कर्त्यायनीलाई लेखनतर्फ ४० मा ३८ अंक मिलेको छ । अर्कातिर बाचन र गणितमा उनलाई पुरै अंक मिलेको छ ।
यो सफलतापछि उनले १०० वर्ष पुग्दा १० कक्षाको समकक्ष परीक्षा पास गर्ने लक्ष्य लिएकी छन् ।

कर्त्यायनीका अनुसार उनले परीक्षाको राम्रो तयारी गरेकी थिइन् । यसैले प्रश्नपत्र सजिलै हल गर्न सफल भइन् । उनले १०० वर्षको उमेरमा १० कक्षाको समकक्ष परीक्षा पास गर्ने धोको रहेको सुनाइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७