नेपाल र थाइल्याण्डबीच ऐतिहासिक हवाई सम्झौता, हप्तामा २८ विमान निर्वाध थाइल्याण्ड जान सक्ने


१६ कार्तिक २०७५, शुक्रबार
1541132321thailand

काठमाडौं, १६ कात्तिक । नेपाल र थाईल्याण्डबीच सन् १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थाइल्याण्डको बैंककमा भएको सम्झौतापछि नेपालका जुनसुकै विमान अब निर्वाध रुपमा जुनसुकै समय थाइल्याण्ड जान पाउने बाटो खुलेको छ ।

1541132321thailand

समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।

यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ ।

नेपाली पक्षका वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

थाई पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यविन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ ।

नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भइरहँदा थाइल्याण्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७