एनसेलको नयाँ सेन्टर नयाँ बानेश्वरमा


१६ कार्तिक २०७५, शुक्रबार
ncall

काठमाडौं, कात्तिक १६ । एनसेलले नयाँ बानेश्वरमा नयाँ सेन्टर संचालनमा ल्याएको छ ।

‘आज, भोलि, सधैं सँगै’ भन्ने नाराकासाथ ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्न सेन्टर बिस्तार गरेको कम्पनीले जनाएको छ । सेन्टरको उद्घाटनगर्दै एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्गले आउँदा दिनमा यस्ता थप सेन्टर संचालन गर्ने बताए।

उद्घाटनसमारोहमा आएका पाँचजना ग्राहकलाई सम्मानस्वरुप उपहार प्रदान गरिएको कम्पनीले जनाएको छ। एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी, सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लान बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पूर्ण सेवा लिनसकिने जनाइएको छ।

सेन्टर आइतबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ७ बजे सम्म खुल्नेछ। शनिबार बिहान ९ बजे देखि साँझ ५ः३० बजे सम्म खुल्ने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७