नेपालमा एसेवेन सार्वजनिक गर्ने ओप्पोको तयारी,कस्तो छ ए ७ ?


१६ कार्तिक २०७५, शुक्रबार
opp

काठमाडौं, १६ कात्तिक। सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागि आफ्नो नयाँ मोडल एसेवेन सार्वजनिक गर्ने घोषणा गरेको छ ।

शक्तिशाली ब्याट्री, फेशनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल ईन्टेलिजेन्सी ९एआई०समर्थ क्यामेरा र शक्तिशाली ब्याट्री लगायत आकर्षक फिचर्स सुसज्जित ए सिरिज अन्तर्गतको नयाँ ओपो एसेवेन मितब्ययी मूल्यमा सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितब्ययी मूल्यका साथमा सार्वजनिक गरिएको एसिरिज ओपोकै बेष्ट सेलिङ स्मार्टफोन अन्तर्गत पर्छ । एआई २।० सुसज्जित १६ मेगापिक्सेलको फ्रण्ट क्यामेरा र १३एमपी ं २एमपी डुअल रियर क्यामेरा तथा ४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको नयाँ ओपो एसेवेनले नेपालभरका आफ्ना उपभोक्तालाई आकर्षित गर्नेमा कम्पनी विश्वस्त छ ।

अत्याधुनिक फिचर्सका साथै, वास्तविक तथा प्राकृतिक देखिने सेल्फी लिन सघाउने क्यामेरा सहितको एसेवेन मितब्ययी मूल्यमा उपलब्ध गराउने तयारीमा कम्पनी रहेको छ ।

सार्वजनिकको तयारीमा रहेको एसेवेनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘मितब्ययी मूल्यमै डुअल क्यामेरा सेट—अप, ठूलो स्क्रिन र शक्तिशाली ब्याट्रीका साथै अत्याधुनिक फिचर्स सुसज्जित फोन प्रयोग गर्न पाइयोस् भन्ने उपभोक्ता, विशेषगरी यूवा चाहनाको कदर गर्दै हामीले ए—सिरिज अन्तर्गतका फोन उपलब्ध गराएका हौँ ।

ओपो एफसेवेनमा रहेको शक्तिशाली ब्याट्रीको सहायताबाट तिनले आफ्नो सक्रिय दैनिकीलाई समय समयमा अप्थ्यारो अनुभव गराउने चार्जिङको समस्यालाई सँधैका लागि विदा गर्न पाउनेछन् । साथै विना कुनै रुकावट जीवनका अमूल्य पल निरन्तर कैद गर्न सक्नेछन् ।’

नोवेम्बर महिनाको मध्य तिर सार्वजनिक हुने तयारीमा रहेको ओपो एसेवेनले, पछिल्ला एफ सिरिज र ए सिरिज अन्तर्गतका उत्पादनले झैँ उपभोक्ताको मायाँ र सफलता पाउनेमा कम्पनी आशावादी रहेको छ । नेपालमै पहिलो पटक एफवानएस संगै सार्वजनिक गरिएको ए३७ले आफ्नो श्रेणीमा निकै लोकप्रियता पाएको थियो ।

त्यसैगरी एथ्रीएसले शक्तिशाली ब्याट्री र डुअल क्यामेरा सेटअप तथा ८८।८ प्रतिशत उच्च रेसियो स्क्रिन सहितको सुपर फुल स्क्रिन डिस्प्ले मार्फत निकै लोकप्रियकता कमायो । नयाँ ओपो एसेवेनमा समाहित गरिएका पृथक डिजाइन, अत्याधुनिक फिचर्स तथा प्रविधिले ए सिरिजको लोकप्रियतालाई थप उचाई प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७