नबिलका कार्डबाहकलाई नर्भिक अस्पतालमा छुट


१६ कार्तिक २०७५, शुक्रबार
1541153795nabil

काठमाडौं, १६ कात्तिक । नबिल बैंकका डेबिट, प्रिपेड र क्रेडिट कार्डबाहकले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन्।

बैंक र अस्पतालबीच भएको सम्झौताअनुसार नर्भिकका स्वास्थ्य प्याकेजमा ३० प्रतिशत, प्याथोलोजी, रेडियोलोजी, एमआरआई लगायत शल्यक्रियामा १० प्रतिशत र अस्पताल भर्नाहुँदा लाग्ने बेड चार्जमा ५० प्रतिशत छुट दिइने छ।

यो सम्झौताले नबिलको कार्ड प्रयोगकर्तालाई स्वास्थ्यसेवामा फाइदा पुग्ने बैंकका प्रमुख निरज शर्माले दावी गरे। बैंकका देशभरि ७४ शाखा, ११८ एटिएम र १५ हजार बढी रेमिट एजेन्ट छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७