नेपाली फिल्म खेल्दै सन्नी लियोनी, लेखिन् ,‘नेपाली फिल्ममा काम गर्न पाएकोमा निकै खुसी छु’


१६ कार्तिक २०७५, शुक्रबार
sunny leone looking sexy hot

काठमाडौं, १६ कार्तिक । बलीउडकी चर्चित हट नायिका सन्नी लियोनीले अब नेपाली फिल्ममा पनि अभिनय गर्ने भएकी छिन् ।

बलीउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’को गीतमा आइटम डान्सको लागि छानिएकी बलिउड अभिनेत्री सनी लियोलीले खुसी व्यक्त गरेकी छिन् ।

उनले एक ट्वीट गर्दै आफू यो आइटम नम्बरमा हुन पाएकोमा निकै खुसी भएको बताएकी छिन् । भने उनले आइटम डान्स नेपाली फिल्म पासवर्डको समेत भएको बताएकी छिन् ।

सनीले ट्वीट गर्दै लेखेकी छिन् ‘म आउँदै गरेको बहुप्रतिक्षित नेपाली फिल्म पासवर्डको यो डान्स नम्बरको हिस्सा हुन पाएकोमा निकै खुसी छु ।’ यो फिल्मलाई एबी इन्टरनेशनल र अडबल मोसन पिक्चर्सले निर्माण गर्दैछन् ।

सन २०१९ मा रिलिज हुनेगरी तयार गरिएको फिल्ममा उनले एक आइटम दृश्यका साथै केही भाग अभिनय पनि गर्ने भएकी छिन् । उनले चलचित्रमा कम पारिश्रमिक लिएर यो काम गर्न भारतीय मिडियाहरुले जनाएका छन् । भारतीय मिडियाका अनुसार उनले १० लाख आइसी अर्थात १६ लाख नेपाली रुपैयाँमा उनले काम गर्न लागेकी हुन् ।

फिल्मको सम्पूर्ण छायाँकन भने लण्डनमा हुने बताइएको छ । सन्नी पनि केही दिनमा नै लण्डन पुग्नेछिन् । फिल्मलाई सम्राट बस्नेतले निर्दैशन गर्देछन् ।

फिल्ममा सन्नीसँगै नेपाली नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७