आइएमई र समय रेष्टुरेन्टबीच सम्झौता


१६ कार्तिक २०७५, शुक्रबार
1541146350Pictrure

काडमाडौं, १६ कात्तिक । आइएमई र समय रेष्टुरेन्टबीच सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्ड वाहकले समय रेष्टुरेन्टका सबै खानामा १० प्रतिशत छुट पाउने छन्।रेष्टुरेन्ट तथा बारका सबै आउटलेटमा सम्झौता लागू हुनेछ। सुविधा लिन आइएमई प्रिभिलेज कार्ड रेस्टुरेन्टको आउटलेटमा देखाउनुपर्नेछ।

सम्झौतापत्रमा आइएमईका ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र रेष्टुरेन्टका अपरेशन इन्चार्ज प्रशन्न अधिकारीले हस्ताक्षर गरे।
सम्झौता यहि कात्तिक १५ गतेदेखि एक वर्षसम्म लागू हुनेछ ।

सेवाग्राहीलाई सहुलियत दिन यस्ता कार्यक्रम संचालन गरेको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७