शेयर बजार : एक अर्ब बढीको कारोवार


१७ कार्तिक २०७५, शनिबार
stock nepse market Nepal

काठमाडौँ, १७ कात्तिक । धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ ।

stock nepse market Nepal

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलब ९८ बिन्दुमा पुगेको छ ।

साताभर एक दिनमात्र उकालो लागेको शेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोवार भएको छ । नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ६५ प्रतिशतले घटेर २५९ दशमलव ६७ अङ्कमा आइपुगेको छ ।

नेप्से घट्दा यससाता लगानीकर्ताले रु २३ अर्ब ९८ करोड गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन रु १४ खर्ब ८० अर्ब ६० करोड रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम दिन रु १४ खर्ब ५६ अर्ब ६२ करोडमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन । यस साता नेप्सेमा कुनै कम्पनीका शेयर सूचीकरण भएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७