अब कालीञ्चोकमा पनि केबुलकार, भाडा पाँच सय


१७ कार्तिक २०७५, शनिबार
kebulkar

दोलखा, कात्तिक १७ । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारदेखि केबलकार सञ्चालनमा आएको छ।

केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ।दसैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यवसायिक रूपमै सञ्चालनमा आएको हो।

कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ।

त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए।

कालीञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण सुरू गरेको कालीञ्चोक केबुलकार करिब रु ४५ करोडको लागतमा सम्पन्न भएकोे हो।

केबलकारमा यात्रा गर्न आउने यात्रुलाई प्रतिव्यक्ति रु पाँच सय शुल्क लिएर सेवा प्रदान गरिएको अधिकृत शिवाकोटीले बताए।

सर्वसाधारणलाई रु पाँच सय शुल्क लाग्नेमा कालीञ्चोक क्षेत्रका मानिसलाई भने केही सहुलियत हुने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७