‘आखिर केको लागि ?’ लोकार्पित


१८ कार्तिक २०७५, आईतवार
akhir 2

काठमाडौं, १८ कातिक । गीतकार रवीन बान्तवा खाहोङ राईद्वारा लिखित तथा संगीतकार डा. शरद सिन्हाद्वारा संगीतबद्ध गीतको एल्बम ‘आखिर केको लागि ?’ शनिबार लोकार्पण गरिएको छ ।

akhir 2

कार्यक्रममा वरिष्ठ संगीत साधक तथा गायक प्रेमध्वज प्रधानले एल्बम लोकार्पण गर्दै शब्द, संगीत र गायन सबै दृष्टिकोणबाट कृति उत्कृष्ट रहेको बताए ।

साहित्यकार भूपाल राई र हेमकुमार लावतीले जीवनका विविध पक्षमाथि लेखिएको रवीनका गीतमा काव्यिक गुण भरपूर पाइने र यो परम्पराभन्दा पृथक् रहेको बताए । संगीतकार राजु सिंहले डा. सिन्हाको संगीत अब्बल रहेको बताए । कार्यक्रममा राकेश खालिङ र पवन राईले एल्बमभित्रका दुई–दुई गीत गाएर सुनाए ।

एल्बमका संगीतकार सिलगुढीका डा. सिन्हाले एल्बम हङकङबासी गीतकार रवीन, सिलगुढी बस्ने आफूका साथै नेपाल, दार्जिलिङ र सिक्किमका गायकको सहकार्यको सुन्दर नमूना भएको बताउँदै संगीत संयोजन कोलकाता र ‘मिक्सिङ’ चेन्नइमा भएको जानकारी दिए ।

एल्बममा ‘आखिर केको लागि’, ‘मन दुखाउनेलाई’, ‘खुल्ला आकाश ओढेर’, ‘अल्लाहको नाम भजेर’ र ‘भीडमा हराएँ’ बोलका पाँच गीत समाविष्ट छन् जसमा क्रमशः ज्ञान सुब्बा, रवीन शर्मा, राकेश खालिङ, पुष्पण प्रधान र पवन राईका स्वर छन् । एल्बममा संगीत संयोजन सुमित विश्वकर्माले गरेका छन् । एल्बमको बजार व्यवस्थापन सुरप्रभा गीत संगीत प्रालिले गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७