गायक प्रमोद खरेल निर्मला पन्तको घरमा टुप्लुक्क पुगेपछि…


१८ कार्तिक २०७५, आईतवार
promod kharel

कञ्चनपुर , १८ कातिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी बालिका निर्मला पन्तको न्यायका लागि अहिले देशभरजसो आन्दोलन भइरहेका छन् ।

promod kharel

कोही निर्मलाको घरैमा पुगेर न्यायका लागि आशावादी बन्न आग्रह गरिरहेका छन् भने कोही आन्दोलनमा सहभागिता नै जनाइरहेका छन् । अहिलेका चर्चित गायक तथा नेपाल आइडलका निर्णायक प्रमोद खरेल पनि शनिबार निर्मला पन्तको घरैमा पुगेर उनका बाबु–आमासँग भेट गरेका छन् ।

महाकाली पारी आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन पुगेका खरेलले शनिबार बिहान अचानक आफ्नो घरमा आएपछि निर्मलाका बुबा–आमाले निर्मलाको न्यायका लागि आवाज उठाई दिने अर्को एक असल मान्छे थपिएको महसुस गरेका छन् ।

भेटका क्रममा खरेलले गीत संगीतको माध्यमबाट आफूले पनि निर्मलाको न्यायका लागि लागिरहेको बताएका छन् । ‘यो जघन्य अपराध हो, एक सय दिन पुगिसक्दा समेत अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्’ उनले भने, ‘आफूहरुले गीत संगीतका माध्यमबाट समेत न्याय मागी रहेका छौं ।’

भेटका क्रममा निर्मलाका बुबा यज्ञराजले एक सय दिन बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता नलागेको भन्दै गीत संगीतका माध्यमबाट समेत थप दबाब सिर्जना गरिदिन गायक खरेललाई आग्रह गरेका छन् ।

गायक खरेलले महिला हिंसाका घटनाले अहिले देशलाई नै आक्रन्त र लज्जित बनाइरहेको बताउँदै सबै श्रष्टाहरुले पनि आ–आफ्नो क्षेत्रबाट महिला हिंसाविरुद्धमा सचेतना फैलाउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७