नक्कली प्रमाणपत्र पेश गरी प्रहरीमा बढुवा


१९ कार्तिक २०७५, सोमबार

तनहुँ, १९ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीको असई ( प्रहरी सहायक निरीक्षक) बाट सई (प्रहरी नायव निरीक्षक) मा बढुवा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको छ ।

nepal police

उनीविरूद्ध परेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अधिकारीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमा तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा बढुवा भई सरकारी लाभ तथा सुविधा समेत लिएको भन्दै अख्तियारले उनीविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७