प्रचण्डले भने, ‘छातीमा हात राखेर भन्नु पर्दा हामी बिग्रियौं’


१९ कार्तिक २०७५, सोमबार
prachanda

मोरङ, १९ कात्तिक । सर्वसाधरणले नेपालका राजनीतिक दलहरु बिग्रिएको, त्यसको नेतृत्व गर्दै आएका शीर्ष नेताहरु बिग्रिएको आरोप लगाइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आरोप सहि भएको बताएका छन् ।

prachanda

मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन एकता र माओवादी बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् । नेकपाले आयोजना गरेका चियापान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले कार्यशैली बिग्रेको, आचरण बिग्रेकाहरुको पनि एकता भएको भन्दै अब सुधार जरुरी रहेको बताए ।

उनले भने, ‘छातीमा हात राखेर भन्दा हामी सबै बिग्रेका छौं, यो बिग्रेकाहरुको पनि एकता हो, सप्रेकाहरुको मात्र एकता होइन’ उनले थपे, ‘कार्यशैली बिग्रेको, आचरण बिग्रेको, जनता र राष्ट्रका लागि जस्तोसुकै समर्पण गर्ने घरबार छाड्ने हामी अहिले विस्तारै विस्तारै सबै चिज मेरो लागि, अरुले मेरो लागि काम गर्नुपर्छ भन्ने प्रवृत्ति बनेको छ ।’

प्रचण्डले पार्टी एकतासँगै कार्यशैली, आचरण र व्यवहारमा पनि सुधार गर्दै जानुपर्ने बताए । ‘समाजवाद निर्माणका लागि नयाँ धाराको पार्टी चाहिएको छ, जनताको मन जितेर हामीले समाजवादको नयाँ मोडल बनाउन सक्छौं ।

रसियन र चाइनिज मोडलको नक्कल गरेर हुँदैन ।’ आचरण र कार्यशैली सुधार गर्न सकेमा पार्टी महान् हुने पनि प्रचण्डले बताए । ‘यसो गर्न सकियो भने पार्टी महान् हुनेवाला छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७