सय करोड क्लबमा आयुष्मान


२० कार्तिक २०७५, मंगलवार
ayushmann759
Kolkata: Bollywood actor Ayushmann Khurrana during a press conference for his upcoming movie Hawaizaada in Kolkata on Jan 27, 2015. (Photo:IANS)

मुम्बई, २१ कार्तिक । बलिउडमा सय करोड रुपैयाँको व्यापार गर्ने अभिनेताको सूचीमा यतिबेला अर्का अभिनेता आयुष्मान खुराना पनि परेका छन् । फिल्म बधाई होबाट उनी सय करोड क्बलमा प्रवेश भएका हुन् ।

उनको मुख्य भूमिका रहेको यो फिल्म दसैंको अवसर पारेर रिलिज गरिएको थियो । करिब २० करोडमा निर्माण भएको यो फिल्मले लगानीको ५ सय प्रतिशत अर्थात् सय करोड रुपैयाँको व्यापार भारतमा मात्र गरेको छ । रिलिज भएको दोस्रो सातामा यो फिल्मले सय करोडभन्दा केही बढीको व्यापार गरेको हो ।

गायनबाट अभिनयमा आएका आयुष्मानले यो सफलताले आफूलाई फिल्मी क्षेत्रमा अझै राम्रो काम गर्दै धेरै हिट फिल्म दिन प्रेरित गरेको बताएका छन् । यसमा आयुष्मानकी नायिकाका रूपमा सान्य मल्होत्रा रहेकी छन् ।

यसअघि यी अभिनेताको बलेरीकी बर्फी र शुभ मंगल सावधान फिल्म पनि हिट भएको थियो । आफ्नो चौथो बधाई हो ले बक्स अफिसमा सय करोडभन्दा बढीको व्यापार गरेकोमा आयुष्मानले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७