सेनामा ठेक्का चलखेल, सेनापतिको शून्य सहनशीलता भाषणमा सीमित


२० कार्तिक २०७५, मंगलवार
nepal army

काठमाडौं, २० कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाले पदबहालीपछि पत्रकार सम्मेलनमा सेनाभित्र भ्रष्टाचार छ भनेर स्वीकार गर्दै आफ्नो कार्यकालमा सून्य सहनशीलता अपनाउने बताएका थिए । तर सेनापतिले यसो भनेको २ महिना नबित्दै सेनाभित्र १२ करोड रुपैयाँको गुणस्तरहीन वेभ इक्युपमेन्ट ब्याग खरिद गर्न लागिएको छ ।


सेनामा गुणस्तरहीन वेभ इक्युपेमन्ट ब्याग (गोलीगट्ठा, रासन र पानी बोक्ने) बुझाएर भुक्तानी लिनका लागि ठेकेदार बिजय श्रेष्ठले तीव्र चलखेल गर्दैआएका छन् । न्यू क्रियसनका संचालक बिजय श्रेष्ठले वेभ इक्युपमेन्ट ब्यागको ठेक्का पाएका थिए । पूर्वसेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा निवासमा घरेलु सामानहरु सप्लाई गर्दैआएका श्रेष्ठले उनलाई रिझाएर ३५ हजार थान वेभ इक्युपमेन्ट ब्यागको ठेक्का पाएका थिए ।

सेनाका लागि वाटरप्रुफ वेभ इक्युपमेन्ट ब्याग हुनुपर्छ । ठेक्का सम्झौतामा वाटर प्रुफ ब्याग नै उल्लेख छ । तर न्यू क्रियसनले चीनबाट ल्याएर सेनालाई बुझाउन लागेको ब्याग वाटर प्रुफ नभएको स्रोतले बताएको छ । स्रोतका अनुसार ब्यागको बारेमा केही थाहा नभएका श्रेष्ठ देखावटी ठेकेदार मात्र हुन् ।

वास्तविक ठेकेदार पिताम्बर मुन्का हुन् । गतबर्ष मुन्काले नै ३५ हजार थान वेभ इक्युपमेन्ट ब्याग सेनालाई बुझाएका थिए । मुन्काले समयमा सामान बुझाएनन्, बुझाएको पनि गुणस्तरहीन भएपछि भुक्तानी रोकिएको थियो । तर तत्कालीन संभाररथीका प्रमुख पूर्ण सिलवाल मिलाएर मुन्काले भुक्तानी लिएका थिए ।

यो बर्ष न्यू क्रियसनका बिजय श्रेष्ठले वेभ इक्युपमेन्ट ब्यागको ठेक्का पाएका छन् । बिजय श्रेष्ठ सतहमा देखिए पनि यो ठेक्कामा पिताम्बर मुन्का नै वास्तविक ठेकेदार भएको अनुमान सेनाभित्र गरिएको छ । ब्याग उत्पादन गर्ने उद्योगमा सेनाको सम्भाररथीबाटै प्रमुख सेनानी, महासेनानी, सहायकरथी, उपरथीसहितको टोली जाने गथ्र्यो ।

मुन्काले कटन सर्ट लगायतको सामानको ठेक्का पाउँदा तत्कालीन सम्भाररथी प्रमुख( हालका प्रधानसेनापति) पूर्णचन्द्र थापालाई नै लगेका थिए । तर अहिले सम्भाररथीको टोली ब्याग उत्पादन स्थलमा नलगी कालिकास्थानमा रहेको सेनाको बहुब्यवसायी उद्योग मेजर राजकुमार लामाको टोलीलाई चीनको ब्याग कारखाना अनुगमनमा लगेको छ । ठेकेदार बिजय श्रेष्ठ र उनका पार्टनर ज्ञानेन्द्र बस्नेतले मेजर लामाको टोलीलाई चीन लगेको थियो ।

चीन गएको टोलीले कारखाना निरीक्षण गरी ब्यागको नमूना ठीक भएको भनी फर्किए । नमूना लिएर जंगी असवाफखाना(सेनाको स्टोर)मा चेक गर्दा गुणस्तरहीन र वाटरप्रुफ देखिएन । वाटर प्रुफहुनुपर्नेमा पानी छि¥यो । रासन र कपडा बोक्नुपर्ने ब्यागमा पानी छिर्ने गुणस्तरहीन पाइयो । तर हतार हतार पहिला कुनै जमानामा ल्याएको वाटर प्रुफ अर्को नमूना लिएर गई पास भएको भनी वेभ इक्युपमेन्ट ब्याग बुझाउने दाउमा ठेकेदार श्रेष्ठ लागेका छन् ।

यसरी गुणस्तर फेल भएको ब्याग लिने तयारी सेनाले गरेको छ । आर्थिक चलखेलमा गुणस्तरहीन ब्याग खरिद गरी भुक्तानी गर्ने तयारी भइरहेको छ । संभाररथी प्रमुख रघु भण्डारीलाई समेत गुमराहमा राखी ब्याग स्टोर दाखिला गरी भुक्तानी लिने दाउमा बिजय श्रेष्ठ लागेका छन् । १२ करोड रुपैयाँ बराबरको ब्याग चीनबाट आइसकेको छ ।

र, सेटिङ मिलिसकेकाले बुझाउने तयारीमा श्रेष्ठ छन् । यसअघि दीपक कुँवरले ठेक्का पाएको २३ हजार मिटर ऊलन पाइन्टको कपडा गुणस्तर परीक्षणमा फेल भएपछि भण्डार दाखिला हुन सकेको थिएन । सामान फिर्ता लान लिखित पत्र नै संभार रथी विगभाले दिएको थियो । कुँवरले उक्त सामान फिर्ता नै लगेका थिए । तर वेभ इक्युपमेन्ट ब्याग भने वाटर प्रुफ हुनुपर्नेमा नभए पनि सेनाले लिन लागेको छ ।

ठेक्का सम्झौतामा वाटर प्रुफ ब्याग नै उल्लेख छ । तर न्यू क्रियसनले चीनबाट ल्याएर सेनालाई बुझाउन लागेको ब्याग वाटर प्रुफ नभएको स्रोतले बताएको छ । स्रोतका अनुसार ब्यागको बारेमा केही थाहा नभएका श्रेष्ठ देखावटी ठेकेदार मात्र हुन् ।

वास्तविक ठेकेदार पिताम्बर मुन्का हुन् । गतबर्ष मुन्काले नै ३५ हजार थान वेभ इक्युपमेन्ट ब्याग सेनालाई बुझाएका थिए । मुन्काले समयमा सामान बुझाएनन्, बुझाएको पनि गुणस्तरहीन भएपछि भुक्तानी रोकिएको थियो । तर तत्कालीन संभाररथीका प्रमुख पूर्ण सिलवाल मिलाएर मुन्काले भुक्तानी लिएका थिए ।

यो बर्ष न्यू क्रियसनका बिजय श्रेष्ठले वेभ इक्युपमेन्ट ब्यागको ठेक्का पाएका छन् । बिजय श्रेष्ठ सतहमा देखिए पनि यो ठेक्कामा पिताम्बर मुन्का नै वास्तविक ठेकेदार भएको अनुमान सेनाभित्र गरिएको छ । ब्याग उत्पादन गर्ने उद्योगमा सेनाको सम्भाररथीबाटै प्रमुख सेनानी, महासेनानी, सहायकरथी, उपरथीसहितको टोली जाने गथ्र्यो ।

मुन्काले कटन सर्ट लगायतको सामानको ठेक्का पाउँदा तत्कालीन सम्भाररथी प्रमुख( हालका प्रधानसेनापति) पूर्णचन्द्र थापालाई नै लगेका थिए । तर अहिले सम्भाररथीको टोली ब्याग उत्पादन स्थलमा नलगी कालिकास्थानमा रहेको सेनाको बहुब्यवसायी उद्योग मेजर राजकुमार लामाको टोलीलाई चीनको ब्याग कारखाना अनुगमनमा लगेको छ ।

ठेकेदार बिजय श्रेष्ठ र उनका पार्टनर ज्ञानेन्द्र बस्नेतले मेजर लामाको टोलीलाई चीन लगेको थियो । चीन गएको टोलीले कारखाना निरीक्षण गरी ब्यागको नमूना ठीक भएको भनी फर्किए । नमूना लिएर जंगी असवाफखाना(सेनाको स्टोर)मा चेक गर्दा गुणस्तरहीन र वाटरप्रुफ देखिएन । वाटर प्रुफहुनुपर्नेमा पानी छि¥यो ।

रासन र कपडा बोक्नुपर्ने ब्यागमा पानी छिर्ने गुणस्तरहीन पाइयो । तर हतार हतार पहिला कुनै जमानामा ल्याएको वाटर प्रुफ अर्को नमूना लिएर गई पास भएको भनी वेभ इक्युपमेन्ट ब्याग बुझाउने दाउमा ठेकेदार श्रेष्ठ लागेका छन् । यसरी गुणस्तर फेल भएको ब्याग लिने तयारी सेनाले गरेको छ । आर्थिक चलखेलमा गुणस्तरहीन ब्याग खरिद गरी भुक्तानी गर्ने तयारी भइरहेको छ । संभाररथी प्रमुख रघु भण्डारीलाई समेत गुमराहमा राखी ब्याग स्टोर दाखिला गरी भुक्तानी लिने दाउमा बिजय श्रेष्ठ लागेका छन् ।

१२ करोड रुपैयाँ बराबरको ब्याग चीनबाट आइसकेको छ । र, सेटिङ मिलिसकेकाले बुझाउने तयारीमा श्रेष्ठ छन् । यसअघि दीपक कुँवरले ठेक्का पाएको २३ हजार मिटर ऊलन पाइन्टको कपडा गुणस्तर परीक्षणमा फेल भएपछि भण्डार दाखिला हुन सकेको थिएन । सामान फिर्ता लान लिखित पत्र नै संभार रथी विगभाले दिएको थियो । कुँवरले उक्त सामान फिर्ता नै लगेका थिए । तर वेभ इक्युपमेन्ट ब्याग भने वाटर प्रुफ हुनुपर्नेमा नभए पनि सेनाले लिन लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७