आज एकै दिन सुन ४० र चाँदी ५ सय ५० किलो विक्री


२० कार्तिक २०७५, मंगलवार
gold

काठमाडौं, २० कात्तिक । आज एकै दिन ठूलो परिमाणमा सुन–सुन चाँदीको कारोबार भएको छ ।
यो वर्षको धनत्रयोदशीका दिन झण्डै ४० किलो सुन र पाँच सय ५० किलो चाँदीको व्यापार भएको छ ।

gold

धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ । यो दिन सुन–चाँदी किने सह भित्रिने विश्वासका कारण पनि आज सुन–चाँदी किन्ने ग्राहकको संख्या बढेको जनाइएको छ ।

यो दिन सुन तथा चाँदीको व्यापार अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षभन्दा कम भएको छ । यस दिन अरु दिनभन्दा दोब्बर व्यापार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘आजको दिन (सोमबार) सुन झण्डै ४० किलो र चाँदी पाँच सय ५० किलो बिक्री भएको छ,’ शाक्यले भने, ‘यो अरु दिनभन्दा झण्डै दोब्बर हो ।’

अचेल सामान्य दिनमा सुन २५ किलो हाराहारी बिक्री भइरहेको छ । चाँदी दुई सय ५० किलोसम्म व्यापार भइरहेको छ । यस वर्ष अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षको तुलनामा कम नै भएको शाक्यले बताए । विगतमा यस दिन ५० किलोसम्म सुन बिक्री हुन्थ्यो । चाँदी आठ सय किलोसम्म बिक्री हुने गथ्र्यो ।

यस वर्ष सुनको मूल्य महँगो हुँदा उपभोक्ताले किन्न रुची नदेखाएको शाक्यले बताए । विगत एक महिनादेखि सुनको मूल्य ६० हजार हाराहारी छ । सुनको मूल्य उच्च बिन्दुमा पुगेकाले घटेपछि किनौंला भनेर उपभोक्ता पर्खिरहेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७