‘डान्स क्विन’ आश्मा अब अभिनयमा


२० कार्तिक २०७५, मंगलवार
aashma 1

काठमाडौं, २० कात्तिक । कार्टुन क्रुकी मेम्बर अर्थात ‘डान्स क्विन’ आश्मा विश्वकर्मा देश–विदेशमा चर्चित छिन् ।

उनको कुशल नृत्यलाई उनको सुन्दरताले पनि साथ दिएको छ । उनको नृत्यका प्रशंसकहरुले कहिलेकाँही उनलाई अभिनय क्षेत्रमा पनि हात हाल्न सुझाव दिंदै आएका थिए । तर, उनले अभिनयमै चाँहि गईहालेकी थिइनन् ।

aashma 1

तर, दिन आउँछ, प्रशंसकको इच्छा अब आश्माले पूरा गर्ने भएकी छन् । अब उनी अभिनय क्षेत्रमा पनि हात हालेकी छन् । नेपालमा अहिले वेव सिरिज निर्माणको लहर चलेको छ । युटुबका लागि तयार पारिने यस्ता वेव सिरिजहरुलाई दर्शकले पनि रुचाएका छन् ।

यही क्रममा नयाँ वेव सिरिज ‘यू एन्ड आई’ आजबाट सार्वजनिक हुने भएको छ । यो सिरिज कान्तिपुर टेलिभिजनमा पनि प्रशारण हुनेछ । वेव सिरिजमा आश्मा विश्वकर्मा, सन्नी सिंह मुख्य भूमिकामा छन् ।

साथमा, श्याम राई, विशाल पहारी, विजय अधिकारी, संगिता बस्याल, उमा कार्की लगायतका कलाकारलाई यो सिरिजमा हेर्न पाइनेछ । युवा–युवतीमा हुने प्रेम, मित्रताको कथामा नै यो सिरिज तयार हुने निर्देशक सरिन पोखरेलले जानकारी दिए ।

aasma

यो सिरिजको कथा पनि पोखरेलले नै लेखेका हुन् । संकल्प भुजेलको छायांकन, बसन्त अधिकारी र सरिन पोखरेलको पटकथा तथा संवाद रहेको वेव सिरिजमा राम प्रसाद चौधरीको सम्पादन छ । यो वेव सिरिजकी मुख्य कलाकार आश्मा विश्वकर्माले कथावस्तु मन परेपछि आफू फेरि अभिनय गर्न उत्सुक भएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७