सिटी एक्सप्रेसको नवौं बार्षिक साधारण सभा सम्पन्न


२० कार्तिक २०७५, मंगलवार


काठमाडौं, २० कार्तिक । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। गत कार्तिक १६ गते काठमाडौँको नयाँबानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटमा साधारणसभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालन समिति र ३ जनाको लेखा समिति चयन गरेको छ।

यस्तै संस्थाका सम्पूण सदस्यहरुलाई सहकारी ऐनमा व्यवस्था भए बमोजिम १८ प्रतिशत लाभांस दिने निर्णय र यस संस्थाको का।म।न।पा वडा। नं। १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यालय प्रयोजनाको भवन निर्माण गर्न संचालक समितिले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित समेत भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७