गच्छदार बने कांग्रेस उपसभापति, निधिको संयोजकत्वमा भ्रातृ संस्था व्यवस्थापन समिति


२० कार्तिक २०७५, मंगलवार
biyaya kumar 2

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने भएको छ ।

biyaya kumar 2

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनको अध्ययन र छलफल गर्न नभ्याइएकाले महासमितिको बैठकको मिति सार्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महासमिति बैठकमा पेस हुने राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई पनि अन्तिम रुप दिन बाँकी छ । यस्तै मंगलबारको बैठकले विजयकुमार गच्छदारलाई पार्टी उपसभापति मनोनित गरेको छ ।

सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति मनोनित गरेका हुन् । यस्तै बैठकले भातृ संगठन व्यवस्थित गर्नका लागि विमलेन्द्र निधिको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७