पर्यटकीय गन्तव्यको सूचीमा थपियो नयाँ ठाउँ


२१ कार्तिक २०७५, बुधबार
ramva devi

पाल्पा, २१ कातिक । पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा परेको छ ।

ramva devi

सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्र्तगत रामपुर नगरपालिकाको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर परेका छन् ।

पाल्पाको पूर्वी भेगमा अवस्थित रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा सानो फेवातालका नामले समेत प्रख्यात बनेको छ । वर्षायामको पानी जम्मा हुने खाडललाई यहाँका स्थानीय युवाले तालको रुपमा परिणत गरेपछि अहिले सानो फेवाताल भनेर सबैले चिन्ने गर्छन् ।

सरकारले हालैमात्र १०० पर्यटकीय क्षेत्रअन्तर्गत तालपोखरालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेपछि रामपुरवासीमा उत्साह बढेको छ ।

यस्तै रम्भा गाउँपालिकामा पर्ने रम्भादेवी मन्दिरलाई पनि सरकारले पर्यटकीय क्षेत्रको सूचीमा राखेसँगै रम्भा गाउँपालिकाका स्थानीयले गाउँपालिकामा विकासको गति लिने आशा गरेका छन् ।

यसअघि नै सरकारले पाल्पाकै ऐतिहासिक, पर्यटकीय रानीमहल दरबार र श्रीनगर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा राखेको छ । अहिले यी क्षेत्रलाई पनि सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको सूचीमा राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७