मादी नदीमा जल बिहार गर्ने पर्यटकमा वृद्धि


२१ कार्तिक २०७५, बुधबार
madi

तनहुँ, २१ कातिक । हिउँद मौसम सुरु भएसँगै मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ ।

madi

मादी नदी जलबिहारका लागि सुरक्षित स्थान भएकाले पर्यटकको यसतर्फ आकर्षण बढ्न थालेको हो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धार्मिक एवं पर्यटकीय क्षेत्र व्यासको जन्मस्थल यहीं परेकाले पनि मादी र सेतीको सङ्गमस्थल व्यासभूमिको आँगनबाट जलबिहार गर्ने पर्यटक बढेको बताए ।

‘हामीले विदेशी पर्यटकलाई व्यास जन्मस्थल क्षेत्रबाट नै घुमफिर गरी जलबिहारमा जाने वातावरण मिलाउने तयारी गर्ने योजनामा छौं’,’ उनले भने ।

व्यास नगरपालिका–५ स्थित मादी नदीमा दैनिक ५० देखि १०० जनासम्म पर्यटक जलबिहार गर्न आउने गर्दछन् । उनीहरु प्रायः चितवन र सौराह जानेहरु बढी मात्रामा चितवनसम्म जलबिहारको यात्रा रोज्ने गरेको प्रदर्शक सनमा लामाले जानकारी दिए ।

मादी नदी हुँदै कोही पर्यटकहरु घुमाउने गएर एकरात बस्ने गरेका छन् भने केही चितवन जाने गर्दछन् । सौराह घुम्नका लागि पोखराबाट प्याकेज बनाएर हिडेका विदेशी पर्यटकहरु प्रायः चितवनसम्म जलबिहार गर्दछन् । जलबिहार गर्न आउने पर्यटक युरोप, अमेरिका र एशियाली मुलुकबाट आउने गरेका छन् ।

व्यास–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जलबिहार गर्ने ठाउँ नजिक अलिकति कटान भएका कारण त्यसको व्यवस्थापनको लागि तयारी थालेको बताए । यसको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाबाट यसै वर्ष रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७