महाकवि देवकोटाको साहित्य यात्रा स्मरण


२१ कार्तिक २०७५, बुधबार
Rss Images 1541571505325 NP Ktm11072018 IMG 20181107 092715

काठमाडौं, २१ कातिक । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् ।

Rss Images 1541571505325 NP Ktm11072018 IMG 20181107 092715

काठमाडौँको भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवरमा बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती । तस्वीर : रासस

भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११० आैं जन्म जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हुँदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र
सम्वर्धन हुँदै गएको धारणा व्यक्त गरे ।  

कलेज सञ्चालक समितिका अध्यक्ष प्राडा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा कुलपति उप्रेतीले श्रष्टा शान्ता पोखरेल अर्यालको मितेरी मन नामक कविता संग्रहको लोकार्पण गरिन् ।

उक्त कृतिमा ‘पिरतीको प्रतीक’, ‘पानी पँधेरो’, ‘आमा’, ‘शान्ति’, ‘प्रेमको निशानी,’ ‘धोका’, ‘मन’, ‘बुहारी’, ‘परिवर्तन’, ‘भाग्य’, ‘भावना’, ‘साहित्यको ढोका’, ‘वेदना’, ‘निःस्वार्थ’, ‘संस्कृति शीर्षक’का ६४ वटा समसामयिक कविताहरु समेटिएको छ ।

उक्त कविता संग्रहका बारेमा कृष्ण पोखरेलले समीक्षा प्रस्तुत गर्दै अधिकांश कवितामा प्रेम भाव झल्किएको र यसले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरेको बताए ।

समारोहमा उक्त कलेजका विद्यार्थीले भैलोसम्बन्धी नृत्यसहित गीत संगीत प्रस्तुत गरेका थिए भने महाकविको सम्झनामा विभिन्न कवि कवयित्रीले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७