राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त


२२ कार्तिक २०७५, बिहीबार
trump 1

काठमाडौं, २२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधीवक्ता जेफ सेसन्सलाई पदबाट हटाएका छन् ।

trump 1

ट्विटरमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले सेसन्सको स्थानमा चिफ अफ स्टाफ म्याथ्यु ह्वीटकरलाई अस्थायी नियुक्ति दिएका छन् ।

ट्विटरमा राष्ट्रपति ट्रम्पले सेसन्सलाई अहिलेसम्मको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामनासमेत दिएका छन् । यता सेसन्सले एक वक्तव्य जारी गर्दै राष्ट्रपतिको निर्देशनमा आफूले राजीनामा दिन लागेको जानकारी गराएका छन् ।

राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको पत्रमा आफ्नो कार्यकालमा अमेरिकामा कानुनको शासन स्थापित गर्न सफल भएकोमा खुसी लागेको जनाएका छन् । राष्ट्रपति ट्रम्पले कानून व्यवस्था सम्हाल्ने आफ्ना शीर्ष अधिकारीमाथिको विश्वास गुमाए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७