यसरी उठाउनुस् सेक्समा दोब्बर आनन्द


२२ कार्तिक २०७५, बिहीबार
180720191446c0tym5

काठमाडौं, २२ कात्तिक । यौन मानिसको अनिवार्य आवश्यकता हो । खासगरी दाम्पत्य जीवनमा यौनले विशेष भूमिका खेल्छ ।

180720191446c0tym5

संयमित र सक्रिय यौनले शारीरिक र मानसिक रुपमा फाइदा गर्छ । जब यौनको कुरा गर्छौं, सन्तुष्टिको कुरा उठ्छ । यौनमा सन्तुष्टि लिने तरिका एकैनास हुँदैन । कसैले यसबाट सामान्य आनन्द लिन्छन् भने कसैले चरम आनन्द । यौन क्रिया सबैको उस्तै हो । विपरित यौनाङ्गको घर्षणबाट यौन सन्तुष्ट लिने हो । तर, यौन सन्तुष्टिको पनि मात्रा छ । यसको चरम आनन्दमा पुग्नु आफैमा एउटा महत्वपूर्ण पक्ष हो ।

यौनमा चरमसुख
त्यसैले पति पत्नी दुवैले चरमसुखसम्म पुगेर यौनको मजा लिनुपर्ने हुन्छ । यदि सहवासको समयमा पति–पत्नी दुवैले मन लगाएर यौन सम्पर्क गरेका छन् भने उनीहरु दुवैलाई चरम सुखसम्म पुग्न सजिलो हुन्छ । यौन सम्बन्ध राख्दा यदि चरमोत्कर्षमा पुगेनन् वा चरमसुख प्राप्त गरेनन् भने दुवैमा तनाव बढ्छ र झगडा हुन थाल्छ । यस्ता धेरै उदाहरणहरु हामीले हाम्रो समाजमा देख्दै आएका छौं ।

एक युवक आफ्नो पत्नीसँग यौनसम्बन्ध राख्ने क्रममा फोरप्लेमा धेरै ध्यान दिँदैनन् । जबकी उनकी पत्नी फोरप्लेको साथमा तन्मयतासँग सेक्स गर्न चाहन्छिन् । पतिले यस्तो नगर्नाले पत्नीले चरम सुखसम्म पुग्न सक्दिनन र अक्सर दुवै बीच यसै कुरालाई लिएर धेरै झगडा हुन्छ ।

के हो अर्गाजम अर्थात चरमोत्कर्ष ?
चरमोत्कर्ष यौन सम्बन्धको मजबुत कडी हो । मेडिकल साइन्सका अनुसार सहवासको समयमा शरीरमा हुने विभिन्न परिवर्तन र चरम सुखलाई नै चरमोत्कर्ष एवं अर्गाजम भनिन्छ ।

सर्वेक्षणका अनुसार महिलाहरुमा पहिलो चरम सुखको लागि सही उमेर १८ वर्षको हो । भर्खरै विवाह गरेका महिलाहरुले यौन सम्बन्ध राख्दा चरमोत्कर्षको आनन्द उठाउन सक्दैनन् तर, केहि समय पछि लगातार यौनसम्बन्ध राखेमा अर्गाजममा पुग्न सक्छन ।
अर्गाजम अर्थात चरमसुख प्राप्त गर्नको लागि अपनाउनुहोस् यस्तो तरिकाः

लामो लामो सास लिनुहोस्
यौनसम्बन्धबाट चरमसुख प्राप्त गर्नको लागि पतिपत्नीको मनमा दृढशक्ति र जिज्ञासा हुन जरुरी हुन्छ । यसको आनन्द पुरा शरीरले उठाउँछ तर यसको सुरुवात भने सासबाट हुन्छ ।

यौन सम्पर्कको समयमा सासमा ध्यान दिनुहोस् । चरम सुख वा अर्गाजमको नजिक पुग्दा लामो लामो सास लिनुहोस र छोड्नुहोस । अक्सिजनले शरीरमा रक्तप्रवाह तेज बनाउँछ त्यसैले जति लामो सास फेर्नु हुन्छ तपाईले यौन आनन्द धेरै उठाउन सक्नुहुन्छ ।

सेक्स टोय
सेक्स टोयको मद्धतले फरक खालको आनन्द अनुभव हुन्छ । यो अर्गाजमसम्म पुग्ने सबैभन्दा सजिलो तरिका हो । सेक्समा चरमसुखको अनुभव गर्न सेक्स टोयहरुको आवश्यकता हुँदैन तर यसले सहवासमा उत्तेजना बढाउनमा धेरै राम्रो भूमिका खेल्छ ।

कल्पनाको सहारा लिनुहोस्
उत्तेजक सपना देखेर पनि चरम सुख प्राप्त हुन्छ । यो सहवास क्रियालाई आनन्ददायक र उत्तेजक बनाउनमा पनि सहयोगी हुन्छ । यदि तपाईलाई आफ्नो यौन साथी सँग यौनसम्बन्ध राख्दा उत्तेजना महसुस हुँदैन भने यस्तो स्थितीमा कल्पनाले पनि तपाईलाई अर्गाजम सम्म र्पुयाउन सक्छ ।

कामोत्तेजक अंगहरु खेलाउनुहोस्
सहवासको क्रममा आफ्नो शरीरलाई एक्टिभ राख्नुहोस् । धेरैजसो महिलाहरु शरीरलाई कडा बनाउँछन् जुन गलत हो । चरम सुख प्राप्त गर्नको लागि दुवै पार्टनरले शरीरको भरपुर प्रयोग गर्नुहोस् ।

फरक–फरक आसन अपनाउनुहोस्
सहवासको समयमा साधारण र सजिलो तरिकाले वा सँधै एकै किसिमको आसनमा सेक्स नगर्नुहोस् । पार्टनरको साथमा फरक–फरक सेक्स आसन अपनाएर सहवास गरेमा अर्गाजम सम्म पुग्न सजिलो हुन्छ ।

यौनक्रियामा शरीरलाई लिप्त गर्नुहोस्
आनन्द र उत्तेजन रहने कोशिस गर्नुहोस । यौन सम्पर्क गर्दा शरीरका ११ भागलाई लिप्त गर्ने कोशिस गर्नुहोस । कामोत्तेजनाको कारण मांसपेसीहरु खुम्चिएका छन् भन भने विस्तारै मसाज गरेर रिल्याक्स रहने प्रयास गर्नुहोस् । फ्रेस मुडमा सहवास गरेमा मात्रै अर्गाजमसम्म पुग्न सकिन्छ ।

फोरप्लेलाई स्थान दिनुहोस्
सेक्स भन्दा पहिले चुम्बन, स्पर्श, एकआपसमा चल्ने, अंगालो मार्ने गर्नुहोस् किनभने यसले कामवासना जागृत हुन्छ ।

चिकित्सकहरुका अनुसार पुरुषको यौनेच्छा शरीरसम्म मात्रै सीमित हुन्छ भने महिलाहरु सहवासको भावनाले जोडिन्छन् । त्यसैले फोरप्ले मार्फत चरमसुख प्राप्त गर्दै यौनको भरपुर आनन्द लिनुहोस् ।

स्वास्थ्य परीक्षण गराउनुहोस्
यदि माथि उल्लेखित सबै चीज गर्दा पनि सहवासमा सन्तुष्टि मिल्दैन र अर्गाजमसम्म पुग्न पाउनुभएको छैन भने तुरुन्त डाक्टरसँग चेकअप गराउनुहोस् । कैयौंपटक धेरै औषधिहरुको सेवन गर्नाले पनि अर्गाजमसम्म पुग्न दिँदैन ।

यौन सम्पर्क गर्दा चरमसुख प्राप्त नगर्नाले आपसी सम्बन्धमा पनि दरार उत्पन्न हुन थाल्छ । आपसमा झगडा हुन थाल्छ मानसिक तनाव हुन्छ र यहाँ सम्म कि वैवाहिक जीवननै खतरामा पर्न सक्छ । यसैले पतिपत्नी दुवैले यस्तो तरिकाले यौन सम्पर्क राख्ने प्रयास गर्नुहोस कि दुवै जना चरमोत्कर्षमा पुग्न सकियोस् ।

यौन दाम्पत्य जीवनको महत्वपूर्ण भाग हो । यसलाई नजरअन्दाज नगर्नुहोस् पतिपत्नीको सम्बन्धमा जुन तरिकाले आपसी व्यवहार र सहयोगले मधुरता दिन्छ ठिक त्यसै तरिकाले उचित र आनन्ददायक सेक्सले सम्बन्धलाई अझै प्रगाढ बनाउँछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७