निर्मलाले चाँडै न्याय पाउँछिन् : गृहमन्त्री थापा


२२ कार्तिक २०७५, बिहीबार
badal2

काठमाडौं, २२ कातिक । गृहमन्त्री रामबहादुर थापाले बलात्कारीपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तले चाँडै न्याय पाउने दावी गरेका छन् ।

गृहमन्त्री थापाले निर्मलाका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरे । रिपोर्टस क्लवले आयोजना गरेको देउसी भैलो कार्यक्रमपछि बोल्दै गृहमन्त्री थापाले सरकारले अपराधीहरुलाई कानूनी कठघरामा ल्याउनका लागि सबैखाले प्रयास जारी राखेको बताउँदै अपराध गरेको मान्छे उम्किन नसक्ने बताए ।

badal2

‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्ती करणी गर्ने, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ ।

बलात्कारीहरुलाई कार्बाही भइरहेको छ’, उनले अघि थपे, ‘जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानूनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानूनको कठघरामा छिट्टै आउँछन् ।’

यस्तै, गृहमन्त्री थापाले सरकारले भ्रष्टाचारीहरुलाई कार्बाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ प्रस्तुत हुने चेतावनी दिए । ‘भ्रष्टहरुलाई काबार्ही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ ।

देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तीव्र पार्नेछौं । अझै व्यापक बनाउने छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७