यस्तो छ भाइटीकाको शुभ साइत


२२ कार्तिक २०७५, बिहीबार
tihar

काठमाडौं, २२ कातिक । यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ ।

tihar

नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको जनाएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु भएको हो । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइयो भने २० गते कुकुर तिहार, कात्तिक २१ गते लक्ष्मीपूजा गरिएको छ ।

कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान गाई पूजा गर्ने गरेका छन् । कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवर्धन पूजा हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७