मह जोडीलाई ‘जनआन्दोलन’ स्वर्ण पदक


२४ कार्तिक २०७५, शनिबार
maha

काठमाडौं, २४ कात्तिक । वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ ।

maha

गणेशमान सिंह तथा जन आन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानद्धारा स्व. गणेशमान सिंहको १०४ औं जन्मजयन्तीको अवसरमा शनिबार आयोजित समारोहमा प्रमुख अतिथि उपराष्टपति नन्दबहादुर पुनसँग जनआन्दोलन स्वर्ण पदकवाट सम्मानित भएपछि सामूहिक तस्बिर खिचाउदै हास्य कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश र नेपाली काँग्रेसका नेता प्रशाशमान सिंहलगायत । तस्वीर : रासस

सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिनु भएका ‘मह’ जोडीको रुपमा चर्चित वरिष्ठ हाँस्य कलाकारद्वय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो ।

त्यस अवसरमा उपराष्ट्रपति पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गर्नु गरेका थिए ।

२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो । राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा महत्वपूर्ण योगदान दिएका उनीको २०५४ साल असोज २ गते निधन भएको थियो ।

स्व. सिंहले नेपालको राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ति र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७