पहिलोपल्ट पैसा तिरेर दुईपल्ट सेक्स गरें : करन


२५ कार्तिक २०७५, आईतवार
karan2961

काठमाडौं, २५ कात्तिक । रियालिटी शो ‘इण्डियाज गट ट्यालेन्ट’ मा कोलकाताकी बिदिशा मोहनाता नामकी गायिका प्रतिष्पर्धी छन् ।

karan2961

केही दिन अगाडि एक एपिसोडमा उनले आफू समलिंगी भएको खुलासा गरिन् । बिदिशाले प्रस्तुतीका क्रममा एउटा भिडियो डाइरी पनि देखाइन्, र भनिन् उनका अभिभावकले युवतीसँग उनको विवाह गर्ने कुरालाई कहिल्यै पनि स्वीकार गरेनन् । जसका कारण उनी अपहेलित बन्नु प¥यो ।

बिदिशाको कुरा सुनिसकेपछि शोका जज करन जोहर निकै भावुक भए । उनले जसले आफूलाई स्ट्रेट भएको बताउँछन्, उनीहरु असली जीवनमा सही नहुने बताए । करनलाई पनि बाल्यकालमा छोरी मान्छे जस्तो भनिन्थ्यो ।

तर उनले आफ्नो स्वभाव परिवर्तन गरेनन् । उनीले अरुको कुरामा ध्यान नदिइ आफ्नो करियरलाई अगाडि बढाए र सफल पनि भए । उनलाई मानिसहरु केटी मान्छेको जसरी नरुन पनि भन्थे ।

करन जौहरले आफ्नो बायोग्राफी ‘ऐन अनसुटेबल ब्वाइ’ मा यौन जीवनको खुलेर चर्चा गरेका छन् । उनले आफ्नो बायोग्राफीमा आफू २६ वर्षको हुँदा आफूले भर्जिनिटी गुमाएको उल्लेख गरेका छन् । तर आफूले भर्जिनिटी गुमाउँदा कुनै ठूलो काम गरेको जस्तो नलागेको बरु आफूले यौन जीवनको अनुभव मात्र गरेको उल्लेख गरेका छन् ।

त्यसका लागि उनले न्यूयोर्कमा यौन सम्पर्क गर्न पैसा समेत तिरेका थिए । तर उनको अनुभवले उनलाई निकै चिन्तित बनाइ दियो । उनले त्यो दिन दुई पटक यौन सम्पर्क गरेको उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७